नागरिकता विधेयक राष्ट्रियसभामै रोक्न चलखेल

काठमाण्डु टुडे २०७९ भदौ १० गते ७:१९ मा प्रकाशित

काठमाण्डु, १० भदौनागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुखप्रतिपक्षी एमालेले दबाब बढाएको छ । राष्ट्रियसभा बैठक १२ गतेका लागिबोलाइएको छ। बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तरप्रतिनिधिसभाले जस्ताको तस्तै पुनस् पारित गरेको नेपाल नागरिकता (पहिलोसंशोधनविधेयक, २०७१ पेस गर्ने तयारी छ । प्रतिनिधिसभाले विधेयक पारितगरेको सन्देश राष्ट्रियसभामा पेस भएपछि त्यसमा सैद्धान्तिक छलफल गरिनेछ।सैद्धान्तिक छलफलपछि विधेयकलाई स्वीकृत गरी समितिमा पठाउने तयारी छ।राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विधेयक गए दफावार छलफलहुनेछ। समितिमा छलफल भएपछि प्रतिवेदन तयार गर्न दुई साताजति समय लाग्नसक्छ। समितिले नागरिकता विधेयक प्रतिवेदन तयार पारेर पठाएपछि निर्णयार्थराष्ट्रियसभामा प्रस्तुत गरिनेछ राष्ट्रियसभाबाट पारित भएको सन्देशसहितविधेयक प्रतिनिधिसभामा पठाउनुपर्छ।

राष्ट्रियसभाबाट विधेयक पारित भएको सन्देशसहितको जानकारी प्रतिनिधिसभामा पुगेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्षपठाइन्छ। नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us