लगातार घट्दै आएको सेयर बजार उकालोतिर

काठमाण्डु टुडे २०७९ भदौ २ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, २ भदौ– लगातार ओरालो लाग्दै आएको सेयर बजारमा बिहीबार भने सुधार देखिएको छ ।

साताको पाँचौं कारोबार दिन सेयर बजारमा सुधार भएको हो । २७. ७२ अंक वृद्धि भएर नेप्सेले २०६८.४२ अंक छोएको छ ।

नेप्सेमा मंगलबार २४. ८३ र बुधबार ०.३६ अंकको गिरावट आएको थियो ।  नेप्सेसँगै सबै उपसूचकको मूल्य बढेको छ । वित्त कम्पनी र विकास बैंक उपसूचक ३ प्रतिशत माथि र हाइड्रोपावर उपसूचक २.९८ प्रतिशतले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

बुधबार घटेर डेढ अर्ब तल झरेको बारोकबार रकम बढेर २ अर्ब नाघेको छ । बिहीबार ५१ लाख १ हजार २ सय २० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजारको कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us