काठमाण्डु, २३ साउन– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ४ ९८ र २ हजार ४ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।