पूर्व पोलिटब्युरो सदस्य पुनसहित चार नेताले छाडे विप्लव नेतृत्वको नेकपा

काठमाण्डु टुडे २०७९ असार ९ गते ११:३१ मा प्रकाशित

काठमाण्डु, ९ असार– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ओमप्रकाश पुनसहित चार नेताले सामूहिक राजीनामा दिएका छन् । नेता पुनसँगै केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरेका हुन् ।

प्रशिक्षको क्रममा महासचिव विप्लव सुदूरपश्चिम प्रदेश पुगेकै बेला उनीहरू पार्टीबाट अलग्गिएका छन् । धनगढीमा हुने सुदूरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षणको लागि विप्लव अछाम हुँदै कैलाली पुगेका छन् ।

बदलिदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको राजीनामा दिएका नेताको संयुक्त वक्तव्यमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us