म्याग्दी, १७ असार– म्याग्दीको घार गाविसको पर्यटकीय खिवाङ गाउँमा व्यवसायिक चियाखेती सुरु गरिएको छ ।
खिवाङका ३५ घरधुरीमा करिब २ सय ५० रोपनी क्षेत्र फलमा चियाखेती गरिएको स्थानीय कृषक जसबहादुर तिलिजाले जानकारी दिए । पर्यटकीय गाउँ खिवाङमा दुई वर्ष अगाडिदेखि सुरु गरिएको चियाखेती फस्टाउँदै गएपछि थप विस्तार गर्ने तयारी गरिएको हो ।
खेतीयोग्य जमिन र खेर गएको बाँझो पाखोमा गुम टी र टी सेबेन्टी एइट जातका चियाका बिरुवा प्रतिरोपनी ५ सयका दरले रोपण गरिएको कृषक तिलिजाले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ( एक्याप) को प्राविधिक सहयोगमा सुरु गरिएको चियाखेती विस्तारका लागि यो वर्ष थप पााच हजार १ सय ५५ वटा बिरुवा एक्यापसाग माग गरिएको छ ।
चियाका लागि हावापानी र माटोको अवस्था उपयुक्त रहेको प्रमाणित भएपछि चियाको बगान नै बनाउन लागेको कृषकको भनाइ छ । उत्पादन राम्रो भएमा अर्गानिक चिया उद्योग सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको चियाखेतीका लागि स्थानीय कृषकले नर्सरी नै स्थापना गरी अभियानका रूपमा खेती विस्तार गरेका हुन् ।
रोपण गरिएको चियाको बोटबाट पााच वर्षपछि उत्पादन सुरु हुन्छ, कृषक तिलिजाले भन्नुभयो । उहााले मात्रै अहिले पााच रोपनीमा २५ सय चियाको बोट रोपेका छन् ।
त्यस्तै खिवाङका सुवेदार सुनबहादुर गर्वुजाले चार रोपनी, देउबहादुर गर्वुजाले तीन रोपनी, डमबहादुर गर्वुजाले तीन रोपनी, कुमराज गर्वुजाले साढे दुई रोपनी जमिनमा चियाखेती विस्तार गरेका छन् ।