काँग्रेस–एमालेले संघीयता बुझेनन्: भट्टराई

काठमाण्डु टुडे २०७० साउन ३० गते १०:१९ मा प्रकाशित

सुनसरी, ३० साउन । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले काँग्रेस–एमालेले संघीया भन्ने विषय बुझ्न नसक्दा मुलुक संकटमा फसेको आरोप लगाएका छन् ।
baburam_250क्रान्तिकारी पत्रकार संघ सुनसरीले बुधबार गरेको पत्रकार भेटघाटमा भट्टराईले काँग्रेस–एमालेले संघीयताको मर्म नबुझेका कारण मुलुक दलदलमा फसेको बताए । काँग्रेस–एमालेले पहिचानसहितको संघीयता स्वीकार गर्न नसक्दा संविधान जारी नगर्दै संविधानसभाको दुख:द अवशान भएको भट्टराईको भनाइ थियो ।
उनले संघीयता र पहिचान एक सिक्काका दुई पाटा हुने भएकाले त्यसमा विरोध गरिरहनुको कुनै अर्थ नरहेको उल्लेख गरे । पहिचानबिनाको संघीया तातो बरफसरह हुने भट्टराईले बताए । काँग्रेस–एमालेले संघीयतालाई फगत प्रशासनिक इकाइका रुपमा बुझेर आफू पनि भ्रमित भएको र जनतालाई पनि भ्रममा पार्ने कोसिस गरेको टिप्पणी उनको छ । नेता भट्टराईले संघीयता उत्पीडित जाति, क्षेत्रका समुदायको पहिचान कायम गर्दै उनीहरु आफैंले गर्ने शासन नै संघीयता भएको अथ्र्याए ।
संसद्वादी दलहरु राजा महेन्द्रले विभाजन गरेको पाँच विकास क्षेत्रलाई संघीयताको मोडल बनाउनुपर्ने अडानमा रहेको भन्दै उनले आफूहरु त्यसमा सहमत हुन नसक्ने स्पष्ट गरे । भूगोल, भाषा, ऐतिहसिकता तथा जातीय पहिचानका आधारमा संघीयतामा जानुपर्ने भनाइ उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us