
काठमाण्डु, २३ वैशाख– उमंग क्रिएशन प्रालिद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२२’ को आवेदन खुला भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच मिस युनिभर्स नेपालको तेस्रो संस्करणको घोषणा गरिएको हो। मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले यस प्रतियोगिताको आवेदन खुला गरिएकोे जानकारी दिएकी छन् ।
प्रतियोगितामा सहभागिता जनाउन एन्ड्रोइड र एप्पल स्टोरबाट ’मिस युनिभर्स नेपाल’ नामक एप डाउनलोड गरेर आवेदन दर्ता गर्न सकिन्छ । उक्त एप बिहीबार लञ्च गरिएको छ ।
आगामी संस्करणमा उचाइ र तौलको मापदण्ड तोकिएको छैन भने समलैंगिक महिलाले पनि भाग लिन पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, गैरआवासीय नेपाली महिला (एनआरएन)ले पनि मिस युनिभर्समा आवेदन दिन सक्नेछन्।
यही असार २४ गते क्वाटर फाइनलिस्ट र साउन १७ गते सेमी–फाइनलिस्ट छनौट हुनेछन् । साउन २३ गतेदेखि १० दिनसम्म क्लोज क्याम्प हुनेछ भने भदौ ३ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।