क्यान्सर पुष्टि भएपछि प्रधानमन्त्रीको रेडियो थेरापी हुने

काठमाण्डु टुडे २०७१ असार १३ गते २:३४ मा प्रकाशित

काठमाण्डु, १३ असार– अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा देखिएको सेतो दाग क्यान्सर भएको पुष्टि भएपछि आजदेखि रेडियो Sushil-Koiralaथेरापीबाट उपचार सुरु गरिने भएको छ ।
प्रधानमन्त्रीसँगै रहेका वरिष्ठ छाती रोग विषेशज्ञ डा. करवीरनाथ योगीले चिकित्सकहरुसँग सल्लाह गरी रेडियो डेराथीबाट उपचार गराउन लागिएको जानकारी दिएका छन् । उनका अनुसार क्यान्सरको शल्यक्रिया गर्नुपर्ने भए पनि दमको रोगी भएकाले रेडेयोथेरापी विधिबाट उपचार गर्न लागिएको हो ।
फोक्सोमा क्यान्सर भएको पुष्टि भएपछि प्रधानमन्त्री कोइराला अझै दुई साताभन्दा बढी अमेरिका बस्नुपर्ने देखिएको छ । प्रधानमन्त्रीको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । सात वर्षअघि पनि उनको जिब्रोको क्यान्सरको उपचार सोही अस्पतालमा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us