
काठमाण्डु, २८ चैत– अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा संकट नआएको दाबी गरेका छन् ।
सोमबार पत्रकार सम्मेलनमा मन्त्री शर्माले वाह्य क्षेत्रमा देखिएको दबाब समाधान गर्न आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिनेगरी कदम चालिएको बताएका छन् ।
बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य परिसूचकहरू सामान्य रहेको अर्थमन्त्री शर्माले बताएका हुन् ।