
काठमाण्डु, २५ चैत– अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाको तुलना हुनै नसक्ने बताएका छन् । ्शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्ने दाबी गरे । उनले नेपालको अर्थतन्त्र सुधारका लागि भइरहेको चिन्तालाई सलाम गर्नसक्नुपर्ने बताए ।
‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस्’, अर्थमन्त्री शर्माको भनाइ छ ।
उनले तुलना हुनै नसक्ने कुरामा तुलना गरेर आम जनतालाई आतंकित पार्ने काम भइरहेकोमा असन्तुष्टि जनाए । ‘तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम एक थरीले गरेका छन् त्यो गलत छ, त्यसको खण्डन गर्नुपर्छ’, शर्माले भने, ‘अर्थतन्त्रमा फेरि समस्याहरु छन् त्यो हामीले पनि भनिरहेका छौ । त्यसलाई बदल्नुपर्छ । तर कतिपयलाई रहर छ श्रीलंका बनाउने । तिनको सपना पुरा हुदैन ।’