
काठमाण्डु, २३ चैत– नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो ।
ऊर्जा मन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यात गर्न स्वीकृत मिलेको जानकारी दिइन्।
यसअघि भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो। नेपालले थप बिजुली लैजान भारतलाई आग्रह गरेको थियो।
गत शनिबार नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा थप बिजुली निर्यात गर्ने विषयमा कुरा भएको थियो।
सोहीअनुसार भारतले थप बिजुली निर्यात गर्न स्वीकृति दिएको हो।