मंगलबार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ चैत २२ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, २२ चैत– सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us