
काठमाण्डु, १५ चैत– नावालिग बलात्कारको अभियोगमा जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका पल शाह उक्त निर्णयलाई चुनौती दिँदै उच्च अदालत पोखरा पुगेका छन्।
जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले आफ्नो बारेमार्फत् उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।
मुलुकी अपराध संहितको ७३ नम्बर निवेदन लिएर शाह उच्च आएको पोखरा उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए।
शाहको निवेदनमा आफूलाई थुनामा पठाउने आदेश त्रुटिपूर्ण भएकाले बदर गर्दै धरौटी वा साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरिएको छ।
पीडितले दिएको बयान र अरु साक्षीहरुले दिएको बयान नै फरक परेको, पीडितको उमेरसमेत ढाँटेर बयान गरेको लगायत दाबी उनले आफ्नो निवेदनमा गरेका छन्।