६ सयले बढ्यो सुनको मुल्य

काठमाण्डु टुडे २०७८ चैत ११ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, ११ चैत– साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय निर्धारण भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us