ह्वातै घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाण्डु टुडे २०७८ चैत ९ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, ९ चैत–  बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको मूल्य २५ रुपैयाँले घटेको  छ । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार एक लाख तीन सय रुपैयाँ प्रतितोलामा छापावल र ९९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको कारोबार मूल्य १३ सय ७० रुपैयाँ तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us