नवलपुरपछि तनहुँ अदालतमा पल शाहविरुद्ध दोस्रो मुद्दा दायर

काठमाण्डु टुडे २०७८ चैत ८ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, ८ चैत–  पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मंगलबार जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्‍याइएको हो ।

तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अदालतमा अभियोग पत्र दर्ता गरिएको पुष्टि गरे । अभियोग पत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोग पत्रमा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us