
काठमाण्डु, ८ चैत– आज (मंगलबार) सुनको मूल्य तोलामा आठसय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख तीन सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९९ हजार ८ सय रुपैया कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ ।