फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डु टुडे २०७८ चैत २ गते १५:२७ मा प्रकाशित

काठमाण्डु, २ चैत–  नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदर्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।

भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी १५ दिनमा करीब ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us