कलाकार पल शाहलाई नवलपुरबाट तनहुँ लगियो

काठमाण्डु टुडे २०७८ चैत १ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, १ चैत– नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई फेरि तनहँु लगिएको छ । तनहुँ प्रहरीको हिरासतमा रहेका शाहलाई बयानका लागि भन्दै फागुन २४ गते नवलपुर पुर्‍याइएको थियो।

बलात्कार आरोपमा तनुहँ प्रहरीमा किटानी जोहरी परेपछि फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। तनुहँमा बलात्कार कसूरको किटानी जाहेरी दर्ता गरेको चार दिनपछि शाह आफैं प्रहरीमा उपस्थित भएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us