ह्वात्तै घट्यो सुनको मुल्य

काठमाण्डु टुडे २०७८ चैत १ गते १०:५२ मा प्रकाशित

काठमाण्डु, १ चैत–  एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us