बोटलर्स नेपालविरुद्ध करिब ४ अर्ब कर छलीको मुद्दा दायर

काठमाण्डु टुडे २०७८ फागुन २७ गते १७:११ मा प्रकाशित

काठमाण्डु, २७ फागुन–   राजस्व अनुसन्धान विभागले कोकाकोलाको नेपालका लागि आधिकारिक विक्रेता बोटर्लस नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्को एसिया लिमिटेडविरुद्ध करिब ४ अर्ब रुपैयाँ कर छलीको मुद्दा दायर गरेको छ ।

विभागले शुक्रबार बोटलर्स नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्कोविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ कर छलीकी मुद्द उच्च अदालत पाटनमा दायर गरेकाे हाे ।  विगो र विगो बराबरको जरिवाना तथा कैद सजाय माग गरिएको छ ।

बोटलर्स नेपाल प्रालीको सन्चालक समितिमा कोकाकोला साब्को एसिया लिमिटेडतर्फबाट रहेका अध्यक्ष शुक्ला वास्सनसहित अन्य ८ जना निर्देशक र बोटर्लस नेपालविरुद्ध उक्त मागदावी लिइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us