
काठमाण्डु, २२ फागुन– केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१र०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ ।
आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० मा आइपुग्दा १८ खर्बको आसपास पुग्ने देखिएको छ ।
राष्ट्रिय योजना आयोगले १७ खर्ब ४४ अर्बको बजेट सिलिङ दिएसँगै बजेट निर्माण प्रक्रिया तीव्र अगाडि बढेको हो । सरकारको घट्दो बजेट खर्च क्षमताका बीच विगत एक दशकको बजेटको आकार हेर्ने हो भने हरेक वर्ष बढ्दै गएको छ ।
खर्च गर्न नसक्ने भए पनि सरकारले बजेटको आकार बढाउने तथा पुराना कार्यक्रम कार्यान्वयन नभए पनि नयाँ नयाँ आयोजना समावेश गर्ने प्रचलन यसपटक पनि दोहोरिने अर्थ मन्त्रालय स्रोतले जनायो । साथै हरेक वर्ष सरकारको चालू खर्चमा व्यापक वृद्धि भएको छ भने पुँजीगत खर्च विनियोजन तथा वास्तविक खर्च दुवै घटिरहेको छ । कारोबार दैनिकबाट