
सिरहा, ८ असार– प्रहरीले भारत लगिंदै गरेको ५ किलो सुनसहित एक भारतीय नागरिकलाई सिरहाबाट पक्राउ गरेको छ ।
सुन लिएर भारत जाँदै गरेका भारतीय नागरिक प्रमोद ठाकुरलाई प्रहरीले इनरुवाबाट आइतबार पक्रेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी पूर्णचन्द्र जोशीले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । ठाकुरको साथबाट सुन तस्करीमा संलग्न बी–एच–आर–७ जे–२७१३ नम्बरको मोटरसाइकल समेत बरामद भएको जोशीले बताए ।