
मलेसिया– मलेसियाको एक प्लाष्टिक कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।
सिएनटी प्लाष्टिक कम्पनीमा कार्यरत बडहरादुवौलिया–९ फुलवरियाका प्रकाश कहारको मृत्यु भएको हो ।
उनी वैदेशिक रोजगारीका सिलसिलामा दुई महिनाअघि मात्र मलेसिया पुगेका थिए । कम्पनीले भने हृदयघातका कारण उनको मृत्यु भएको दाबी गरेको छ ।
मृतकका आफन्तले भने कहारको हत्या भएको दाबी गरेका छन् । मृतककी पत्नी परमेश्वरीले शनिबार साँझ मात्र फोन सम्पर्क भएको र आइतबार मृत्युको खबर आएकाले हत्या भएको पत्यान नसकिने बताइन् ।