भारतीय गायिका लता मंगेशकरको निधन

काठमाण्डु टुडे २०७८ माघ २३ गते १०:२८ मा प्रकाशित

काठमाण्डु, २३ माघ– भारतीय गायिका लता मंगेशकरको निधन भएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो।
केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो।

आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्। मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्। उनी ९२ वर्षकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us