बलिउड अभिनेता रमेश देवको निधन

काठमाण्डु टुडे २०७८ माघ २० गते १२:१६ मा प्रकाशित

काठमाण्डु, २० माघ– बलिउड अभिनेता रमेश देवको निधन भएको छ। ९३ वर्षका अभिनेता देवको निधन भएको उनका छोरा अजिनय देवले पुष्टि गरेका हुन्।

देव तीन दिनअघि मात्रै ९३ वर्ष पुगेका थिए। सन् १९६२ मा फानी मजुकदर निर्देशिक ‘आरती’ फिल्ममार्फत् आफ्नो करिअर सुरु गरेका देवले दर्जनौं हिन्दी र मराठी फिल्ममा काम गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us