द भ्वाइस किड्सका कोच प्रमोदको ‘तिमीले सोचे जस्तो छैन’

काठमाण्डु टुडे २०७८ माघ ३ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, ३ माघ– द भ्वाइस किड्सका कोच एबम चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा ‘तिमीले सोचे जस्तो छैन’ गीत सार्वजनिक भएको छ ।

यज्ञराज पौडेलको रचना र हरि लम्सालको कर्णप्रिय संगीत रहेको गीतमा सुरज श्रेष्ठको एरेन्ज रहेको छ  ।

पछिल्लो समय म्युजिक भिडियोमा जमेका जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय र निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु

खड्काको सम्पादन रहेको छ भने लक्ष्मी र जीवनको अलावा बिक्रम श्रेष्ठको पनि भिडियोमा अभिनय रहेको छ  ।

 ‘तिमीले सोचे जस्तो छैन’को भिडियोलाइ टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us