नुवाकोटमा तिम्ल्याहा जन्मिए

काठमाण्डु टुडे २०७१ असार ३ गते १३:४८ मा प्रकाशित

नुवाकोट, ३ असार– नुवाकोटको उर्लेनीमा एक महिलाले तिम्ल्याह सन्तान जन्माएकी छन् ।
उर्लेनी–४ तितुङगाउँकी २१ वर्षीया मंगली तामाङले आइतबार तीन सन्तानको जन्म दिएकी हुन् ।

नजिकै स्वास्थ्यकेन्द्र नभएका कारण मंगलीले घरमै तीन सन्तानलाई जन्म दिएकी हुन् । उनले दुई छोरा र एक छोरी जन्माएको पत्रकार जगदिश खनालले बताए । मंगलीबाट जन्मिएका तीनै शिशुको अवस्था सामान्य छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us