
कम्बोडिया, ३ असार – थाइल्यान्डबाट कम्बोडिया फर्किने कामदारको सङ्ख्या म(ङ्गलबारसम्म एक लाख ८० हजार पुगेको समाचार छ ।
ती कामदार थाइल्याण्डमा गैरकानूनी रुपमा कार्यरत रहेको हुनाले फर्किएका जनाइएको छ । बैँककमा उत्पन्न यस सङ्कटको दुई देशीबीच वार्ता हुने अनुमान गरिएको छ ।
थाइल्यान्डमा प्रायः कृषि सम्बन्धी कम्पनीहरूमा कार्यरत कामदारहरू त्यहाँबाट फर्केका बताइएको छ ।
थाइल्यान्डमा नयाँ सैनिक शासकहरूले थाइल्यान्डमा गैरकानुनी रुपमा कार्यरत कामदार पक्राउ गर्ने चेतावनी दिएपछि ती कामदार फर्केका जनाइएको छ ।
थाइल्यान्ड कम्बोडियाको प्रमुख सीमाक्षेत्र पोइपेरमा एक हप्ताभित्र मङ्गलबार बिहानसम्म एकलाख ५७ हजार कम्बोडियाली कामदार पुगेका उत्तरपश्चिमी बन्टीए मिन्चेए प्रान्तका गभर्नरले जानकारी दिएका छन् ।
त्यसैगरी उत्तरपूर्वी पोइपेरबाट २५० किलोमिटर टाढा सीमा क्षेत्र ओस्माचको जाँचचौकीमा २० हजार कम्बोडियाली कामदार पुगेका वरिष्ठ कम्बोडियाली प्रहरी अधिकारीले जनाएका छन् ।
थाइल्यान्डका लागि कम्बोडियाली राजदूत इट सोफेआले थाई विदेश मामिला मन्त्रालयका स्थायी सचिव सिहासाक फेआङगकेत्केआसँग मङ्गलबार भेटवार्ता गरेको जनाइएको छ ।
यस वार्ताबाट ती कामदारको विषयलाई लिएर उत्पन्न द्वन्द्वको विषयमा दुई देशबीच वार्ता हुने अनुमान गरिएको छ । एएफपी