नेपाली नागरिकता बनाउने भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०७१ असार ३ गते ८:५५ मा प्रकाशित

वीरगन्ज , ३ असार – झुठो विवरण पेस गरी नागरिकता लिएको मुद्दामा फरार एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

भारत विहार पश्चिम चम्पारण जिल्ला, शिकारपुर थाना निवासी सुलेमान मियाँका छोरा मन्सुर खाँलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

वीरगन्ज–३ छपकैया बस्ने फरिद शेषको छोरा बनी झुठो विवरण पेस गरेर २०३३ सालमा नागरिकता लिएको र नागरिकता मुद्दामा फरार रहेका मन्सुर खाँ भन्ने मन्सुर शेषलाई विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगन्ज उपमहानगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

पक्राउ परेका खाँमाथि नागरिकता ऐन अन्तर्गतको कसुर मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us