
काठमाण्डु, २ पुष – विश्वचर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’का १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएपछि यो प्रतियोगिता हालका लागि स्थगित गरिएको छ ।प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापन अघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् ।
प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ । प्रतियोगितामा सहभागी १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएको छ । जसमा भारतीय सुन्दरी मनासा पनि छिन् । आयोजकका अनुसार संक्रमितमध्ये सातजना आइसोलेसनमा छन् । अन्य प्रतियोगीहरुका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । जसकारण कोरोना संक्रमण रोकिनेमा आयोजक विश्वस्त छन् ।