शिल्पाका पति राजलाई पक्राउ नगर्न अदालतले दियो आदेश

काठमाण्डु टुडे २०७८ मंसिर २९ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर–  बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका व्यापारी पति राज कुन्द्रालाई पोर्नोग्राफी मामलामा पुनः पक्राउ नगर्न अदालतले आदेश दिएको छ । सुप्रिम काेर्टले अग्रिम जमानत मागिरहेका कुन्द्रालाई ४ हप्ता पक्राउ नगर्न आदेश दिएको हो ।

अदालतले महाराष्ट्र सरकारलाई यो आदेश दिएको हो । राजले आफूलाई पोर्नोग्राफी मुद्धामा पक्राउ गरिएको निवेदनमा उल्लेख गरेका थिए । उनले यो मामलामा जमानत पाइसकेका छन् । अहिले यही मुद्धासँग मिल्दोजुल्दो अर्को एक एफआईआर दर्ता भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us