काठमाण्डु, ३ असार –धादिङको जोगिमारामा गएको पहिरोका कारण अबरुद्ध सडक एकतर्फीरुपमा खुलेको छ ।
विहान ८ बजेबाट एकतर्फीरुपमा खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जोगीमारा २ को जवाङ खोलमा गएराती गएको पहिरोको कारण सडक अबरुद्ध भएको थियो ।
पहिरोको कारण काठमाण्डु आएका सवारी तथा काठमाण्डुबाट बाहिर गएका सवारी साधन पृथ्वी राजमार्गमा रोकिएका थिए ।