प्रधानमन्त्रीलाई क्यान्सरको शंका छ तर नहोस् : अध्यक्ष खनाल

काठमाण्डु टुडे २०७१ असार २ गते ११:१६ मा प्रकाशित

काठमाण्डु ,०२ , असार – खोटाङ बाम्राङका क्यान्सर पीडित तोकबहादुर थापाको सहयोगार्थ राजधानीमा आयोजित एक कार्यक्रम मार्फत थापालाई संकलित छ लाख रुपैयाँको चेक पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले हस्तान्तरण गरेका छन् ।

Jhalanath-Khanalसो रकम प्रवासी नेपालीहरुको सहयोगबाट संकलन गरिएको स्रोतले जनाएको छ ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले मानवहरुमा एक अर्कामा सहयोग गर्ने भावना विकसित हुँदै गइरहेको बताएका छन् ।

‘‘हामी वसुधैव कुटुम्बकम् को युगमा आइपुगेका छौँ’’ भन्दै आयोजकले गरेको योगदानको प्रसंशा गरेका छन् ।

शक्तिशाली मुलुकहरुका कारणले नै क्यान्सर जस्ता धातक रोगहरु देखापरेको बताउँदै प्रधानमन्त्री सुशील कोइरालालाई पनि ‘‘क्यान्सरको शंका छ तर नहोस्’’ भन्दै उनको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् ।

आसन्न पार्टीको महाधिवेशनको सन्दर्भमा अध्यक्ष खनालले वैचारिक , संगठनात्मक र व्यवस्थापकीय तयारीहरु भइरहेको जानकारी दिएका छन् ।

‘‘नेकपा एमालेमा वैचारिक बेमेल छैन कस्ले पद प्राप्त गर्ने भन्नेमा मात्र विमति छ’’ भन्दै गुठ भन्दा पनि सिङ्गो पार्टीमा भावनात्मक विकास हुनुपर्ने आवश्यक भएको बताएका छन् ।

उनले महाधिवेशनबाट एकताबद्ध हुन नसके पुँजिवादी शक्तिहरुसँग प्रतिस्पर्धा गर्न नसकिने विचार व्यक्त गरेका छन् ।

कार्यक्रममा क्यान्सर पीडित थापालाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ ।

इच्छुक सहयोगीले मेघा बैँकको जुनसुकै शाखाबाट खाता नम्बर ००१००६०२५८९९३ मा रकम जम्मा गर्न सकिने जानकारी दिइएको छ ।

सहयोग संकलन तथा हस्तान्तरण कार्यक्रम दैनिक नेपाल डटकमद्वारा आयोजना गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us