
डोल्पा, २ असार– सबै मानिस यार्सा गुम्बा संकलनका लागि हिमाली पाटन गएपछि डोल्पाका अधिकांश गाउँघर शून्य भएका छन् ।
यार्सा सिजनको कमाइले एक वर्षभरि आधारभूत आवश्यकता पूर्ति हुने भएपछि यार्सा संकलनमा मानिसहरुको आकर्षण बढेको हो ।
युवा युवती र प्रौढ उमेरका मानिस यार्सा टिप्न गएका कारण गाउँमा बालकालिका र वृद्धवृद्धा मात्र भेटिन्छन् । गाउँ खाली हुने भएपछि चोरी र लुटपाटका घटना बढेको प्रहरीले जनाएको छ ।