नवजात शिशुको हत्यारा पक्राउ

काठमाण्डु टुडे २०७१ असार १ गते १२:१८ मा प्रकाशित

बाग्लुङ, १,असार – अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तहरु सुनखानी–४ बस्ने १८ बर्षीया यमकुमारी वि.क. र सुनखानी–६ बस्ने ३६ बर्षीय जितबहादुर वि.क.रहेको स्रोतले जनाएको छ ।

अभियुक्त यम कुमारी बि.क.को श्रीमान बैदेशिक रोजगारमा रहेको कारण सुनखानी–५ स्थित माईती घरमा बस्दै आएको अवस्थामा जित बहादुर वि.क. संगको सम्बन्धबाट शिशु जन्मिएको खुलेको छ ।

अभियुक्तहरुले शिशुलाई जेठ २३ गते चिनडाँडा जंगलमा खाल्डो खनी पुरेको स्थानीय बासिन्दाले बताएका छन् ।

यस सम्बन्धमा प्रहरी चौकी बुङ्गा दोभानले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us