
काठमाण्डु, १५ मंसिर– इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महँगो शहर साबित भएको छ ।
ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगो शहर बनेको हो । महँगोका दृष्टिले तेल अभिभ पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको हो ।
इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएको सर्वेक्षणमा जनाइएको छ । त्यहाँ यातायात र खाद्यन्नको मूल्य पनि अन्य शहरको तुलनामा बढी देखिएको जनाइएको छ ।