
विराटनगर, १ असार – आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको नर्सिङ–१ मा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार पूर्वतर्फ आइरहेको ना३ख ५३५३ नम्बरको बसले सोही दिशातर्फ आइरहेको को६प ८५८२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।
बसको ठक्करले मोटरसाइकल चालक मोरङ मिर्गौलिया–६ बस्ने ५५ वर्षीय गोपाल रिजाल र पछाडि सवार ४५ वर्षीया पवित्रा रिजाल गम्भीर घाइते भएका हुन् ।
भने न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा पवित्राको मृत्यु भएको हो ।
बस चालक सप्तरी धरमपुर–७ बस्ने ३४ वर्षीय बिसुनिया रामलाई इलाका प्रहरी कार्यालय लौकहीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
दुर्घटित दुवै सवारी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।