तालिवानले १०० पूर्वसुरक्षाकर्मीको हत्या गरेको ह्युमन राइट वाचको दाबी

काठमाण्डु टुडे २०७८ मंसिर १५ गते १०:२९ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर–  मानव अधिकारवादी समूह ह्युमन राईट वाचले तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीको हत्या गरेको जनाएको छ ।

तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएको वाचले जनाएको हो । वाचले पूर्वसेनामाथि गरिएका योजनाबद्ध हत्याको विरोध गरेको छ ।तालिवानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ घानीको सरकार पदच्युत गरेको थियो । तालिवानको पुन: उदयपछि अफगानस्थानमा विगत २० वर्षदेखि रहेको अमेरिकी सेनाले काबुल छोडेको थियो ।

पूर्वसरकारका सुरक्षाकर्मीलाई आममाफी दिइने बताए पनि उनीहरुमाथिको शृंखलाबद्ध हमला रोकिएको छैन। तालिवानले ठूलो संख्यामा प्रहरी र सर्वसाधरणको हत्या गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us