वैवाहिक जीवनमा बाँधिइन् रेश्मा घिमिरे, को हुन उनका श्रीमान ?

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् ।

रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ । नायिका वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन् । वर्षा र रेश्मा नजिकका साथी समेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us