काठमाण्डु, ११ मंसिर– नेकपा एमालेको उपमहासचिव पदमा तीन जना दाबेदार देखिएका छन्।
शुक्रबार अबेर चितवनको सौराहामा बसेको एमाले केन्द्रीय कमिटी बैठकले उपमहासचिवको संख्या १ बाट बढाएर ३ पुर्याएको थियो। प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण बिष्टले उपमहासचिव दाबी गरेका हुन्। तीनै जना एमालेको नवौं महाधिवेनबाट सचिवमा चुनिएका थिए।