काठमाण्डु, ९ मंसिर– राजधानीमाको होटल सोल्टी क्राउन प्लाजामा भएको ‘मिस तामाङ वल्र्ड २०२१’ को उपाधि सिक्किमकी साङ डोमा ब्लोनले जितेकी छन् ।
साधना कला केन्द्रको आयोजनामा भएको प्रतिष्पर्धामा ब्लोनले ‘उत्कृष्ट ड्रेस’, ‘उत्कृष्ट हेल्थ’, ‘भ्यूअर्स च्वाइज’ सहित शीर्ष उपाधि चुमेकी हुन् ।
ब्लोनले दुई लाख बराबरको सुनको मेडल, १५ तोला बराबरको सिल्भर क्राउनलगायतका विभिन्न ट्रफीहरु प्राप्त गरेकी थिइन् । प्रतियोगितामा उत्कृष्ट ७ मा परेका प्रतिष्पर्धीले ५० हजार नगदसहित ट्रफीहरु पाएका थिए ।