
काठमाण्डु, ७ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई चुनौति नदिएको बताएका छन् ।
मंगलबार महाधिवेशनवारे सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भने– ‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नु भएको छ । यो स्नेहपूर्ण सुझावबाट प्रभावित भएको छु’, उनले भने– ‘मलाई कसैले चुनौति दिए स्वागत गर्छु । लोकतन्त्रमा चुनौति दिन पाइन्छ । म अरुलाई नउठ भनेर दवाव महशुस हुने खालको अभिव्यक्ति दिन्न ।’
अध्यक्ष ओलीले भने– ‘म उठ्ने नउठ्ने कुनै निर्णय भएको छैन । म उठ्ने भएँ भने अरुलाई कुनै दवाव पनि दिन्न ।’