मोरङ कारागारमा कैदीको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर ४ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर–  जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ । जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।

‘प्रेसर लो’ भएपछि उनलाई कोसी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us