वडा कार्यालयबाटै अनुदानको गहुँको बिउ गायव

काठमाण्डु टुडे २०७८ कार्तिक ३० गते १३:०५ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– काठमाडौंको शंखरापुर नगरपालिका– १ को वडा कार्यालयबाटै अनुदानको गहुँको बिउ गायव भएको छ । नगरपालिकाले किसानलाई निःशुल्क वितरणका लागि पठाएको ८ सय किलो बिउमध्ये ४० किलोको एक बोरा स्वर्गद्वारी जातको गहुँको बिउ गायव भएको हो ।

वडा कार्यालयले गत कार्तिक २५ गते किसानहरुका लागि निःशुल्क गहुँको बिउ वितरणको कार्यक्रम राखेको थियो । एक किसान बराबर ३ केजी बिउ वितरण गर्ने भनेर वडा कार्यालयले सूचना प्रकाशन गरेपनि गहुँको बिउ नै गायव भएपछि किसानहरुलाई ७ सय ग्रामका दरले बिउ वितरण गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us