प्रधानन्यायाधीशलाई बारको जवाफः वार्ता गरेर न्यायालयको विकृति सुधार हुँदैन, आजै राजीनामा दिनुस्

काठमाण्डु टुडे २०७८ कार्तिक २९ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग अब संवाद गर्नुको औचित्य नहुने जवाफ दिएको छ । सोमबार प्रधानन्यायाधीश राणाले कानुन व्यवसायीहरुलाई सम्वादमार्फत समाधान खोज्न विज्ञप्ति जारी गरेका थिए । बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका बेला राणाको विज्ञप्ति आएपछि कानुन व्यवसायीहरुले राणाको प्रस्तावमा विश्वास गर्न नसकिने बताएका हुन् ।

‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, त्यसको जवाफ यही मञ्चबाट दिन्छौ –तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन, त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौँ आजै राजीनामा दिएर निकास दिनुस्’, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जवाफ दिए । अधिवक्ता सुनिल पोखरेलले भने, ‘हाम्रो भद्र अनुरोध छ, मार्ग प्रशस्त गर्नुस्, न्यायपालिकामा थप क्षति हुन नदिनुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us