
काठमाण्डु, २६ कात्तिक– देशभर थप पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, सोहि अवधिमा कोरोना संक्रमणबाट तीनको मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४७९ पुगेको छ भने ७ लाख ९७ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् ।