सर्वोच्चमा न्यायाधीशहरु छलफलमा

काठमाण्डु टुडे २०७८ कार्तिक १५ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सोमबार बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु छलफलमा बसेका हुन् । यसअघि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका थिए ।

न्यायाधीशहरुको माग बमोजिम नै प्रधानन्यायाधीश जबराले सोमबार बन्दी प्रत्यक्षीकरणको मात्रै पेसी तोकेका छन् भने आफ्ना लागि पेसी तोकेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us