
परासी, २९ जेठ – भारतबाट अवैधरुपमा नवलपरासीको सदरमुकाम परासी ल्याउँदै गरेको करिब चार लाख मूल्य बराबरको ब्वायलर कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले बरामद गरेको छ ।
चार हजार चल्ला र ब्वायलर कुखुरा साइकलमा ल्याउँदै गरेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक विष्णुहरि गौतमले बताएका छन् ।
साइकलमा लोड गरी ल्याइएका ब्वायलर कुखुरा अधिकांश मरिसकेको प्रहरीले जनाएको छ ।