
काठमाण्डु, २९ जेठ – नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको देवचुली नगरपालिकास्थित यु.डि.ई.सि.ओ.प्रालिमा कार्यरत कृष्णबहादुर बिकको वाईरिड. गर्ने क्रममा तार सर्ट भएर करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
देवचुली नगरपालिका वडा नं १२ लक्ष्मीपुर निवासी २८ वर्षिय बिश्वकर्माको आज बिहान साढे सातबजे करेन्ट लागेको थियो ।